free website hit counter

दुई महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे ९ अर्ब ८३ करोड बीमाशुल्क

beemaadmin
२०८३ आश्विन २४, शनिबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १४ निर्जीवन बीमा कम्पनीले ९ अर्ब ८३ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्म कम्पनीहरूले ४ लाख ८२ हजार ६२७ वटा बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन्।

दुई महिनामा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ। कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १ अर्ब ४ करोड ३४ लाख रुपैयाँ संकलन गर्दा तेस्रो स्थानको एनएलजी इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९६ करोड १७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८९ करोड ५२ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

ओरिएन्टल इन्स्योरेन्सले ७४ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ६१ करोड ७२ लाख रुपैयाँ संकलन गरेका छन्।

यसैगरी, नेपाल इन्स्योरेन्सले ४३ करोड २७ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ४२ करोड २६ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ४१ करोड १५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ३४ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

सम्बन्धित समाचार