चितवन । कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाँदा ठूला शहरमा समुदाय स्तरमा कोरोना फैलिन थालेको छ । चितवनमा स्वास्थ्यकर्मीसमेतगरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन्। उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन्। ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरू हुन्। उनीहरू ९ वर्ष देखि ६७ वर्ष सम्मका छन्।
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमंण देखिएको बताए।