free website hit counter

दूरसञ्चार कम्पनी लिमिटेडको लाभांश घोषणा

beemaadmin
२०८२ पुष ९, बुधबार

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत दरमा नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ। यस लाभांश पारित गर्न कम्पनीले पुस ३० गते बिहान ११ बजे राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा आफ्नो १८ औँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ। साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले पुस २० देखि ३० गतेसम्म आफ्नो शेयर बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार