free website hit counter

देवः विकासले बढायो लाभांश

beemaadmin
२०७६ चैत्र ३, सोमबार

काठमाडौं । देवः विकास बैंकले गत आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट शेयरधनीहरुलाई ८.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.५५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। यसअनुसार बैंकले २७ लाख १६ हजार ४२१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ। हाल ३ अर्ब ३१ करोड ७१ लख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको बोनस वितरणपश्चात चुक्ता पूँजी ३ अर्ब १७ करोड ९८ लाख रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहशरुले प्राप्त गर्नेछन्। अघिल्लो आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट साढे ५ प्रतिशत बोनस वितरण गरेको बैंकले गत आर्थिक वर्षको कमाइबाट भने लाभांशदर बढाएको हो।

Advertisement
Advertisement

सम्बन्धित समाचार