free website hit counter

देशभरका युवाहरुलाई बीमा तालिम दिँदै महालक्ष्मी लाईफ इन्स्योरेन्स

beemaadmin
२०७८ भाद्र २८, सोमबार

काठमाडौं । कान्छो जीबन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाईफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ। युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अभियान संचालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको संचालक समितिको भदौ २५ गतेको निर्णले असोज महिनाबाट देशव्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागेको हो । दुई वर्षे यस अभियानमा २०७८ र ७९ भित्र २५ वटा जिल्ला र आव २०७९ र ८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ ।
यस अभियानमा काम गरी आय आर्जन गर–बीमा गरी सुरक्षित बनू भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यही असोज पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्नेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार