free website hit counter

धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना नियुक्त

beemaadmin
२०७६ पुष २२, मंगलवार

काठमाडौं। आठ जना प्रतिस्पर्धीलाई पछि पार्दै आगामी गभर्नरको दौडमा समेत सरिक भएका नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्म ढुंगाना नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीका निकट मानिएका ढुंगानासँग ३५ वर्षको बैंकिङ अनुभव छ भने हाल बोर्डको विज्ञ सदस्य पनि हुन् । बैंकिङ तथा अर्थतन्त्र, बैंक नियमन तथा सुपरिवेक्षण, विदेशी मुद्रा ब्यवस्थापन, वित्तीय क्षेत्र सुधार र पूँजी बजारका उनी विज्ञ मानिन्छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले ढुंगानालाई पन्छाउने थुप्रै प्रयासगरे पनि अन्ततः उनको केही नलागेपछि उनी बोर्डको अध्यक्षमा नियुक्त भएको स्रोतको दाबी छ ।

Advertisement
Advertisement

मोरङ जिल्लामा २०१९ साल माघ १० गते जन्मिएका ढुंगानाले लन्डनबाट एमबीए गरेका छन् भने उनीसँग त्रिभूवन विश्वविद्यालयको अर्थशास्त्रको डिग्री पनि छ। उनले त्यसअघिको पढाइ विराटनगरको महेन्द्र मोरङ कलेजबाट गरेका हुन्।
ढुंगाना राष्ट्र बैंकमा जानुअघि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका जागिरे थिए। सहायक पदबाट जागिर सुरू गरेका उनले त्यहाँ पाँच वर्ष बिताएका थिए।

Advertisement
Advertisement

त्यसपछि राष्ट्र बैंकमा अधिकृतमा नाम निकालेर उनी नियामकीय भूमिका पुगे। २०६२ सालमा उनी निर्देशक भए। २०७० सालमा उनी कार्यकारी निर्देशकमा बढुवा भएका थिए। केही महिनाअघि अवकाश भएका उनी अर्को नियामक बोर्डको विज्ञ सदस्यमा नियुक्त भएका थिए।

ढुंगाना आगामी गभर्नरको दौडमा पनि लागेका थिए। उनले वित्तीय क्षेत्रको नियामकमा चर्कौ प्रतिस्पर्धा देखेपछि पुँजी बजारको नियामक प्रमुखका लागि आवेदन दिएका थिए। आठ जनाले दिएको आवेदनमा ढुंगानालाई सरकारले नियुक्ति दिएको हो।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी चार वर्षका लागि ढुंगानालाई नियुक्त गरेको हो।

सम्बन्धित समाचार