free website hit counter

नख्खुबाट बोलाएर सिंहदरबारमा रविको बयान

beemaadmin
२०८२ कार्तिक १९, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय ल्याइएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका उनलाई सिंहदरबार ल्याइएको हो। उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नक्खु कारागारबाट बाहिर आएको विषयमा आयोगले बयान लिन लागेको हो। उक्त दिन लामिछाने कारागारले यहाँ सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएको बताउँदै जेलबाट बाहिर आएका थिए। आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार