free website hit counter

नबिल बैंकको नाफामा उछाल

beemaadmin
२०७९ माघ ७, शनिबार

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ३ अर्ब खुद नाफा कमाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५६.९१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ५६.०६ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण सञ्चालन मुनाफा र खुद नाफा वृद्धिमा केही दबाब पुगेको हो। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६७ पैसा बढेर २५ रुपैयाँ २६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २८.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेको छ। पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी १८.५० भने जगेडा कोष ११।०४ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ६.५१ प्रतिशत बढेको छ भने कर्जा १७.१३ प्रतिशत बढेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार