free website hit counter

नबिल बैंकको नाफा २ अर्ब १८ करोड

beemaadmin
२०७८ माघ ७, शुक्रबार

काठमाण्डौ । कोभिड महामारीको विषम परिस्थितिका बाबजुद नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा ८.२० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

वाणिज्य बैंकहरुमध्ये अब्बल नबिलले समीक्षा अवधिसम्म १ अर्ब ४५ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्ने सफलता भएको छ। अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ८६ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर समीक्षा अवधिसम्म ३ अर्ब ११ करोड रुपैयाँ माथि पुगेको छ। व्यवसाय वृद्धिमा आक्रामक बनेको नबिलको खुद ब्याज आम्दानी ३५.१३ प्रतिशतले बढेर ४ अर्ब २१ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३ अर्ब १२ करोड रुपैयाँमा सीमित थियो। गत वर्ष यही अवधिसम्म १५ अर्ब ६९ करोड रहेको रिजर्भको आकार केही घटेर १४ अर्ब ६२ करोड रुपैयाँमा सीमित बनेको छ। समीक्षा अवधिमा बैंकले २ खर्ब ३२ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब १५ अर्ब बढी कर्जा परिचालन गरेको छ।

गत वर्ष यही अवधिमा बैंकले २ खर्ब २३ अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब रुपैयाँ बढी कर्जा परिचालन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको सीडी रेसियो ८९.४९ प्रतिशत रहेको छ भने ०.६० प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर १.११ प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्म बैंकको कस्ट अफ फन्डसमेत केही बढेर ६.०३ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो लागत ४.२९ प्रतिशत थियो। बैंकको आधार दर ७.३९ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिसम्म २९.९९ रुपैयाँ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) समीक्षा अवधिसम्म केही घटेर २३.५९ रुपैयाँमा सीमित बन्न पुगेको छ। पीई रेसियो ४७.०६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार