free website hit counter

नयाँ सारथी लघुवित्तले एफपीओ जारी गर्न माग्यो अनुमति

beemaadmin
२०७८ आश्विन १८, सोमबार

काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रक्रिया अगाडि बढाएको छ। संस्थाले ३ करोड ८२ लाख रुपैयाँ बढीको एफपीओ जारीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो। संस्थाले गत भदौ ९ गते नै आवेदन दिएको भए पनि सेबोनले गत असोज १४ गतेको मितिमा नयाँ सारथि लघुवित्तको एफपीओ पाइपलाइनमा राखेको छ।
संस्थाले ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ जारीको अनुमति मागेको छ। संस्थाले प्रतिकित्ता ११६ रुपैयाँ तोकेको छ। नयाँ सारथी लघुवित्तको यो एफपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। यसअघि किसान लघुवित्तले पनि गत असार २९ गते १२५ रुपैयाँ अंकित दरका कुल १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासनको माग गर्दै सेबोनमा आवेदन दिइसकेको छ। किसान लघुवित्तको एफपीओ निष्कासनकर्तामा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार