free website hit counter

नाफा वृद्धिसँगै सबै सूचांकमा कुमारी बैंकको प्रगति

beemaadmin
२०७८ बैशाख १२, आईतवार

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुमारी बैंकले नाफामा उल्लेख्य वृद्धि गर्दै सबै सूचांकमा राम्रो प्रगति गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्मको तुलनामा ७८.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ। यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशतले बढेर २ अर्ब ५९ करोड रुपैयाँ भएको छ। यस्तो मुनाफा गत वर्षको यही अवधिसम्म १ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो। बैंकको खुद ब्याज आम्दानी पनि ३९।०४ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो। बैंकले समीक्षा अवधिसम्म १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार