free website hit counter

नारी दिवसमा मुक्तिनाथ विकास बैंकको नारी विशेष अफर

beemaadmin
२०७७ फाल्गुन १६, आईतवार

काठमाण्डौ । समय सापेक्ष रुपमा ग्राहकका लागि सुविधायुक्त कार्यक्रम ल्याउनमा अग्रणी वित्तीय संस्था मुक्तिनाथ विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ। यस अफरअन्तर्गत आज फागुन १६ देखि फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ।

यसका लागि ग्राहकले डेबिट कार्डका लागि फरम वा आवेदन पनि यही अफर समयावधि (फागुन १६ गतेदेखि फागुन २३ गते) भित्र दिनुपर्नेछ। यस नारी विशेष अफर साथै ग्र्राहकले निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्नेछन्।

Advertisement
Advertisement

सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न यो अफर ल्याइएको बैंकले जनाएको छ। विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ।

Advertisement
Advertisement

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलानन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

सम्बन्धित समाचार