free website hit counter

निःशुल्क स्वास्थ्य बीमा प्रयोग नगरी दक्षिण कोरियामा ९ महिनामा २५ नेपाली कामदारको ज्यान गयो

beemaadmin
२०८१ बैशाख ३, सोमबार

काठमाडौं ।आफूले पाएका सुविधा बेला मौका प्रयोग गरिरहनुपर्छ भन्ने ज्ञान हुन्थ्यो भने पक्कै पनि नेपाली युवाले बेला मौकामा आफ्नो स्वास्थ्य परीक्षण गर्ने थिए होला । या आफूलाई तन्दुरुस्त ठानेका युवाले १८ घण्टा खटिँदा पनि आफूलाई कमजोर नठानेकै कारण अनाहकमा ज्यान गुमाउनु परेको हो । दक्षिण कोरियामा रोजगारीको लागि गएकाहरुमध्ये गएको साउन १ गते यता चैत मसान्तसम्म २५ जना नेपालीको मृत्यु भएको छ । यो ९ महिनाको अवधिमा कोरियामा नेपालीको मृत्यु भएको सबैभन्दा धेरै हो । गत आर्थिक वर्षमा कोरियामा १२ जना नेपालीको मृत्यु भएको थियो । दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकु‍र्यालका अनुसार कतिपय नेपालीको सडक दुर्घटना, औद्योगिक दुर्घटना र केहीको आत्महत्या कारण मृत्यु हुने गरे पनि धेरै नेपालीको मृत्युको कारण नै थाहा हुँदैन । अस्पतालहरुले मृत्युको स्पष्ट कारण नखुलाई ‘स्लिप डेथ सिन्ड्रोम’ भन्ने रिपोर्ट दिने गरेका छन् । त्यो भनेको सकुसल सुतेका तर विहान मृत भेटिनु हो । उनीहरुको कसरी मृत्यु भयो भन्ने कुरालाई अस्पताल थप स्पष्ट नपारी अज्ञात भन्ने रिपोर्ट दिने गरेका छन् । दक्षिण कोरियामा स्वास्थ्य बीमाअन्तर्गत हरेक कामदारलाई निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा हुन्छ तर धेरै नेपाली कामदारले मलाई केही भएको छैन भन्दै हेलचेक्रयाईं गरि त्यो सुविधा नलिने प्रवृत्ति छ । दूतावासका अनुसार हाल कोरियामा काम गर्ने नेपाली श्रमिकको संख्या ५५ हजारभन्दा बढी छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार