free website hit counter

निको नहुने रोग लागेका १२ वर्षसम्मका बालबालिकालाई मार्न सरकारले दियो अनुमति

beemaadmin
२०७७ कार्तिक ४, मंगलवार

एजेन्सी । असाध्य रोग लागेर मृत्युको प्रतिक्षामा कष्टपूर्ण जीवन व्यतित गरेका व्यक्तिहरुले इच्छामरण गर्न पाउने कानुन कतिपय देशले लागू गरिसकेका छन् । यही बेला उपचार नहुने रोगबाट ग्रसित केही बालबालिकाहरुलाई मार्नको लागि नेदरल्याण्ड सरकारले अनुमति दिएपछि चिकित्सा क्षेत्रमा गम्भीर बहसको सृजना भएको छ ।

अहिले नेदरल्याण्डमा केही यस्ता बालबालिकाहरु छन् जो उपचार नहुने रोगबाट ग्रसित छन् । ती बालबालिकाका परिवारले आफ्ना सन्तानको यो कष्ट सहन नसकेर उनीहरुको जीवन अन्त्य गर्ने अनुमति मागिरहेका थिए । अहिले सरकारले त्यस्तो अनुमति दिएको हो । डच सरकारको यो अनुमतिसँगै चिकित्सा क्षेत्रमा यसरी बालबालिकालाई मृत्यु दिने तरिकाबारे बहस सुरु भएको छ ।

नेदरल्याण्ड सरकार पहिलेदेखि नै यदि कसैलाई उपचार नै नभएको रोग लाग्यो र यो रोगबाट निकै कष्ट भयो भने यस्तो अवस्थामा डाक्टरको सहयोग लिएर बिरामीलाई मृत्यु दिने पक्षमा थियो ।

अब बिरामीको परिवारको सहमतिमा डाक्टरको सहयोगमा १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई मृत्यु दिन सकिनेछ । यसो गर्नाले परिवारको कष्ट कम गर्न सकिने तर्क दिइएको छ । यो निर्णयका विषयमा डच स्वास्थ्यमन्त्री डी जोंगले संसदलाई एक पत्र लेखेका छन् ।

पत्रमा उनले देशमा उपचार नभएको रोगबाट ग्रसित एक १२ वर्षका बालकलाई उनको परिवारको यच्छाअनुसार मृत्यु दिनको लागि कानुनमा संशोधनको प्रस्ताव गरेका छन् । कानुन संशोधनको लागि यस्ता बिरामीको परिवार भावनात्मक, आर्थिक र मानसिक कष्टमा रहेको तर्क दिइएको छ । मृत्यु दिनको लागि माता पिताको अनुमति अनिवार्य हुनेछ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार