free website hit counter

निर्जिबन बीमा कम्पनीबाहेक अरुले कोरोना बीमा गराउन नपाउने

beemaadmin
२०७७ जेष्ठ ५, सोमबार

काठमाडौं । बैंक तथा जीवन बीमा कम्पनीहरुले पनि आफ्ना विभिन्न कार्यक्रममा कोरोना बीमा जोडेर प्रचार गरिरहेको बेला बीमा समितिले कोरोना भाइरस सम्बन्धि बीमा नगर्न जीवन बीमा कम्पनी तथा वित्तीय संस्थाहरुहरुलाई निर्देशन दिएको छ । जीवन बीमा कम्पनीहरु आफ्ना प्रचार सामाग्रीमा कोरोना बीमा हुने उल्लेख गरेको, बैंकहरुले जीवन बीमा कम्पनीको नाम जोडर खाता खोल्नेलाई कोराना बीमा सेवा दिने प्रचार गरिरहेका बेला बीमा समितिले यस्तो निर्देशन जारी गरेको हो । बीमा समितिबाट स्वीकृति लिएर निर्जीवन बीमा कम्पनीहरुले प्रति व्यक्ति ५० हजार र १ लाख रुपैयाँ बीमाङ्क रकमको कोरोना भाइरस सम्बन्धि बीमा लेख जारी गर्दै आएका छन् । करिव १ महिना अवधिमा ७० हजार भन्दा बढीले कोरोना भाइरस सम्बन्धि बीमा लेख खरिद गरेका छन् भने ३ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क संकलन भइसकेको छ । गत साता मात्र नेपाल जीवन बीमक संघले कोरोना बीमा सहित जीवन बीमा सम्बन्धि सबै सेवा जीवन बीमा कम्पनीले मात्र गर्न पाउने व्यवस्था गर्न माग गरेको थियो । समितिले कोराना बीमा निर्जीवन प्रकृतिको बीमा भएकोले निर्जीवन बीमा कम्पनीले मात्र पाउने भन्दै टुंग्याएको थियो ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार