free website hit counter

नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश १९ प्रतिशत

beemaadmin
२०७६ पुष २८, सोमबार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभाले गत आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गरेको हो ।
बोनस पारित भएसँगै बैंकको चुक्तापूँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वित्तीय विवरण अनुसार असार मसान्तसम्म कुल निक्षेप ८.४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५.२३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको जनाएको छ । त्यस्तै बैंकको खराब कर्जा अनुपात २ दशमलव ७८ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार