काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को ३४औं वार्षिक साधारण सभाले १८.५ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १३ प्रतिशत लाभांश ९बोनस सेयर० र बैंकको कुल चुक्ता पुँजीको ५.५ प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ ।
यस वर्ष बैंकले रु. ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १५२ अर्बबाट वृद्धि भई १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १२७ अर्बबाट वृद्धि भइ रु. १४१ अर्ब रुपैयाँ पुगेको छ ।