free website hit counter

नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा सर्‍यो

beemaadmin
२०८३ आश्विन २५, आईतवार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कमलादीस्थित अमिर भवनबाट सञ्चालन हुँदै आएको केन्द्रीय कार्यालय आफ्नै नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ।

कम्पनीका अनुसार असोज २५ गते आइतबारदेखि काठमाडौं महानगरपालिका–२८, कमलादीस्थित आफ्नै भवनबाट केन्द्रीय कार्यालयका सम्पूर्ण कामकाज सञ्चालन हुनेछन्।

Advertisement
Advertisement

यसअघि कम्पनीले कमलादीस्थित अमिर भवनबाट सेवा प्रदान गर्दै आएको थियो। कार्यालय आफ्नै भवनमा स्थानान्तरण भएसँगै कम्पनीका सेवाग्राहीले नयाँ भवनबाट सेवा लिन सक्नेछन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार