free website hit counter

नेपाल टेलिकमले माग्यो ८० कर्मचारी, मंसिर ३ सम्म आवेदन दिन सकिने

beemaadmin
२०८३ कार्तिक १४, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा ८० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगबाट सहमति प्राप्त भएपछि टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो।

टेलिकमले नवौँ तहदेखि तेस्रो तहसम्मका विभिन्न प्राविधिक तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ। माग गरिएका पदमा उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, टेलिकम इन्जिनियर, सहायक प्रशासकीय अधिकृत, टेलिकम टेक्निसियन, सहायक र जुनियर टेक्निसियनलगायत छन्।

Advertisement
Advertisement

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी मंसिर ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने टेलिकमले जनाएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार