free website hit counter

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा पौडेल र नेप्सको अध्यक्षमा बस्याल

beemaadmin
२०८२ भाद्र २१, शनिबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले शुक्रबार बस्याललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् । यस्तै, शुक्रबारकै मन्त्रीस्तरीय निर्णयबाट नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को अध्यक्षमा सुरेन्द्र पौडेललाई नियुक्त गरिएको छ । ‘नेपाल रि’का बर्तमान अध्यक्ष देवराज ढुंगानाले पदमा रहँदै २०८१ कात्तिकमा सुरक्षण मुद्रणकोषको कार्यकारी निर्देशक नियुक्ती खाएका छन् । यसरी दोहोरो नियुक्ती लिएको बिषय बाहिरिएपछि उनी विवादमा थिए । त्यसपछि उनलाई हटाएर पौडेललाई नियुक्ती गरिएको हो । पौडेल नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक हुन् भने बस्याल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेण्ट कम्पनीका पूर्वसीईओ हुन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार