free website hit counter

नेपाल बैंकको सीईओका लागि १९ जनाको आवेदन

beemaadmin
२०८० कार्तिक १३, सोमबार

काठमाण्डौ । मुलुककै सबैभन्दा पुरानो बैंकको रुपमा परिचित नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि १९ जनाले आवेदन दिएका छन् । कम्पनीका सीईओमा कृष्ण अधिकारीको कार्यकाल सकिएपछि सो पद खाली भएको थियो । कम्पनीले प्रकाशित गरेको सूचना अनुसार उक्त पदका लागि आवेदन दिने अन्तिम मिति आइतबारसम्म रहेको थियो । सीईओ पदका लागि अशोक कुमार पौडेल,अशोक कुमार पौडेल, समता पन्त, देवेश प्रसाद लोहनी, विभु प्रसाद अर्याल,रमेश प्रसाद जोशी, शंकर केसी छन् । त्यस्तै, अन्य आवेदकहरुमा सुन्दर पन्थी, लक्ष्मण पौडेल, दिर्घ बहादुर अर्याल, ध्रुवचन्द्र गौतम,रामदेव यादव, कृष्ण प्रसाद आचार्य,छबिराज पन्त, राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी र तिलक राज पाण्डेय छन्। आवेदन दिएकामध्ये प्रताप सुवेदी कृषि विकास बैंकका डेपुटी जनरल म्यानेजर हुन् भने देवेश प्रसाद लोहनी राष्ट्रिय वाणिज्य बैंकका डेपुटी कार्यकारी अधिकृत हुन्। त्यस्तै कृष्ण प्रसाद आचार्य कर्मचारी संचय कोषका पूर्व प्रशासक हुन् । सीईओका लागि आवेदन दिएका कतिपय व्यक्तिहरुले छनौट पूर्व नै तिव्र रुपमा लविईङ गर्न शुरु गरिसकेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार