free website hit counter

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ माघ ८ बाट खुल्ने

beemaadmin
२०८१ पुष २८, आईतवार

काठमाडौं । माघ ८ गतेदेखि नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्सलाई जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ ल्याउन अनुमति दिएको छ। त्यसको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको अर्थात २ लाख २५ हजार कित्ता शेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो। कुल कित्तामध्ये कम्पनीले कर्मचारीका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री खुलेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीले आईपीओ भर्दा कम्तीमा १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरुले कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका साथै धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। आइपीओ भर्ने अन्तिम मिति माघ २२ गतेसम्म तोकिएको छ। आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक हो। यसअघि गार्डिन माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री गरिसकेको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार