free website hit counter

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर लिलामीमा

beemaadmin
२०८० पुष २, सोमबार

काठमाडौं । नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर लिलामीमा राखिएको छ । प्रुडेन्सियल यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको सेयर बिक्री गर्ने भएको हो । कम्पनीले इन्स्योरेन्समा रहेको आफ्नो ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार आज पुस १ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित पुस ६ गतेभित्र निवेदन दिन कम्पनीले आग्रह गरेको छ । लगानीकर्ताले न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार