free website hit counter

नेपाल लाइफसँग बीमा समितिले माग्यो सपष्टीकरण

beemaadmin
२०७९ असार १७, शुक्रबार

काठमाडौं । नियामक निकाय बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई सिईओ नियुक्ति गर्न ढिलाई गरेको भन्दै सपष्टिकरण मागेको छ। बीमा समितिले केही समयअघि रिक्त पदमा ६ महिनाभित्र नियुक्त गर्ने निर्देशन दिएपनि कम्पनीले अटेर गरेको भन्दै सपष्टीकरण मागेको हो । बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासनमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको अनिवार्य व्यवस्था भए पनि कम्पनीहरुले बीमकको त्यसको पालना गरेका छैनन् । कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धको भरमा काम गर्दै आईरहेका छन् ।
रिक्त रहेको नेपाल लाइफ इन्स्योरेन्सको प्रमूख कार्यकारी अधिकृतमा अझै सिईओ नियुक्त गर्न सकेको छैन । यसअघि कम्पनीको सिईओमा प्रसाई थिए । कार्यकाल अवधि बाँकि रह्दा नै राजिनामा दिएका प्रसाईको राजिनामा पश्चात् सिईओ पद रिक्त छ । लामोसमयदेखि रिक्त रहेको पद खालि भएसँगै समितिले नेपाल लाइफलाई बोलाएर नै सपष्टिकरण लिएको हो । कम्पनीले केही समयमा नै रिक्त पद परिपूति हुने प्रतिवद्धता जनाएको छ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार