free website hit counter

नेप्सेमा सामान्य करेक्सन

beemaadmin
२०८० फाल्गुन ३०, बुधबार

काठमाडौं । पछिल्ला चार कारोबार दिनदेखि उकालो लागिरहको नेप्से, बुधबार सामान्य अंकले घटेको छ। पछिल्ला चार कारोबार दिनमा नेप्से परिसूचक १०३.४९ अंक बढेको छ। बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा यस दिन बजारमा सामान्य करेक्सन देखिएको हो। बुधबार नेप्से परिसूचक २.४८ अंक घटेर २१०८.७२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०।०८ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ७३ हजार ५०६ पटकको कारोबारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्से घटेपनि यस दिन विन नेपाल लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य ९५ रुपैयाँ ५० पैसा बढेर १ हजार ५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन उन्नती सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन अप्पर तामाकोशीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्स एण्ड आयल र हिमालयन रि इन्स्योरेन्सको साढे २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार