काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । वैशाख ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आह्वान गरेको हो । सभा आगामी जेठ ५ गते धुलिखेलमा रहेको होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०–८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । यस्तै साविक मिर्मिरे लघुवित्तको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० फागुन २९ गतेको वासलात, सोही वर्षको साउन १ गतेदेखि फागुन २९ गतेसम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक समूहको ३ र सर्वसाधारण समूहको ३ जजा गरी कुल ६ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।