free website hit counter

नेशनल लाइफले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

beemaadmin
२०७७ पुष १२, आईतवार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको हो । कम्पनी संचालक समितिको पुस ९ गते बसेको बैठकले भर्चुअल माध्यमबाट माघ १५ गते बिहिबार बिहान १०ः३० बजे नेशनल लाइफ भवन केन्द्रिय कार्यायल लाजिम्पाट काठमाडौंमा साधारण सभा बोलाएको छ ।
साधारण सभाले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३० करोड ८२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १ करोड ६२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै कम्पनीले बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राखे प्रस्ताव समेत पारित गर्दैछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार माघ १ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

सम्बन्धित समाचार