free website hit counter

नेशनल लाईफको प्रथम बीमाशुल्क ६ अर्ब

beemaadmin
२०८२ श्रावण ४, आईतवार

काठमाडौं । जीवन बीमा व्यवसायको अग्रणी कम्पनी नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१।८२ मा ६ अर्ब रूपैयाँ प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ। कम्पनीले वैदेशिक रोजगार बीमालेख, म्यादी र लघु बीमालेखका साथै सावधिक प्रकृतिका बीमालेखको बिक्रीबाट यो बीमाशुल्क रकम संकलन गरेको हो। अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा कम्पनीको प्रथम बीमाशुल्क आम्दानी १८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। कम्पनीले आ।व।२०८०।८१ मा ५ अर्ब ५ करोड रूपैयाँ प्रथम बीमाशुल्क आम्दानी गरेको थियो । आव २०७९।८० को तुलनामा आव २०८०।८१ मा प्रथम बीमाशुल्क आम्दानी ३०।३४ प्रतिशत र कुल बीमाशुल्क आम्दानी २१।९० प्रतिशतको उल्लेख्य अंकले वृद्धि भएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार