काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरस्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको चर्चित एवं बरिष्ठ कलाकार महानायक राजेश हमालको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थितीमा सम्पन्न कार्यक्रममा विभागिय प्रमुखहरु, प्रदेश प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । प्रमुख कार्यकारी अधिकृत खत्रीले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरेका थिए । सो अवसरमा उनले आर्थिक बर्ष २०८१–८२ मा उल्लेखनिय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मुख्य भुमिका रहेकोमा दुईमत नरहेको बताए । उनले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु प्रस्तुत गरेको बताए । सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं वौद्धिक व्यक्तित्व महानायक राजेश हमालसंग साक्षात्कार गराई उनको अनुभवबाट केहि प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको शुरुवात योजना प्रस्तुत गरिएको बताए । देशैभरीबाट कार्यक्रममा छनौट भई सहभागि हुने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान पत्रबाट सम्मानित गरेका थिए । यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्वन्धमा तालिम प्रदान गरेका थिए ।