free website hit counter

नेष्डो समृद्ध लघुवित्तको आईपीओ फागुन ११ बाट खुल्ने

beemaadmin
२०७८ फाल्गुन ५, बिहीबार

काठमाण्डौ । एकपछि अर्को आइपीओ जारी हुनेक्रम चलेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन ११ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ।
संस्थाले कुल कित्तामध्ये ०।५ प्रतिशतले हुन आउने १२ हजार ७५० कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गर्नेछ। बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।
यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि हुने भनिएको छ। राष्ट्र उत्थान लघुवित्तको यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार