free website hit counter

न्यू सुपर चमत्कारिक मुद्दती खातामा २१ लाखको बीमा सुरक्षा

beemaadmin
२०७६ फाल्गुन १२, सोमबार

काठमाडौं । ग्राहकलाई नयाँ नयाँ योजना ल्याएर मात्रै होइन विभिन्न सुविधा थप गरेर लाभान्वित बनाउँदै आएको एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक सुविधा हो ।

सामान्यतया मुद्दती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बिमा सुविधा समेत दिएर मुद्दती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो मुद्दती खातामा ग्राहकहरुले उच्च ब्याजदरसँगै तीन विभिन्न बिमा सुविधा पनि पाउन सक्नेछन् । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरुले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बिमा सुविधा पाउनेछन् । यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाखसम्मको बिमा सुविधा उपलब्ध छ । यस्तै, १८ घातक रोगहरुको लागि १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बिमा सुविधा समेत उपलब्ध छ ।

Advertisement
Advertisement

यसैगरी औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजार सम्मको बिमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बिमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु वापत २० हजार सम्मको भरपाई गर्नेछ ।
एन आई सी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा सर्वोत्कृष्ट मुद्दती योजना रहेकोले आफ्ना ग्राहकवर्गहरुको लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट ६० लाख भन्दा बढीको बिमा रकम प्राप्त गरीसकेका छन् ।

Advertisement
Advertisement

ग्राहकवर्गले २१ लाखसम्मको बीमा आफैले गर्न परेमा करिब १४,००० रुपैयाँ बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बिमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकवर्गलाई यस खाताले सुरक्षित बनाउने छ ।

सम्बन्धित समाचार