free website hit counter

पचास प्रतिशतले घट्यो नेपाल बैंकको नाफा घट्यो

beemaadmin
२०८० माघ ६, शनिबार

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३७.८१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २२.७८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.११ प्रतिशतबाट बढेर ४.५० प्रतिशत पुगेको छ। यससँगै बैंकको इम्पेरमेन्ट चार्ज ५१ करोडबाट बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ७ रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ९० पैसा घटेर ८ रुपैयाँ ३ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २९.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५२ रुपैयाँ ५४ पैसा रहेको छ। १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ४४ करोड ५० लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले २ खर्ब ५८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार