free website hit counter

पनौतीको गोरखनाथ मन्दिरमा महायज्ञ शुरु

beemaadmin
२०७६ पुष २९, मंगलवार

काभ्रे । श्री गोरखनाथ मन्दिर संरक्षण संस्था पनौती नगरपालिका ६ को आयोजनामा मंगलबारबाट स्वर्णिम श्रीमद् भागवात भक्ति संसर्ग महायज्ञ २०७६ को आयोजना हँुदैछ । माघ ८ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ पनौती नगरपालिका ६ दलिनचोकमा अवस्थित ऐतिहासिक गोरखनाथ मन्दिरको प्राङ्गणमा शुरु भएको छ । संस्थाका कोषाध्यक्ष राजु बस्नेतकाअनुसार मंगलबार ९ बजे यज्ञस्थलबाट कलशयात्रा शुरु गरी १ बजे महायज्ञको समुद्घाटन गर्ने कार्यक्रम राखिएको छ । माघ ७ गते साँझ लक्ष्य दीप प्रज्ज्वलन र १ हजार ८ शालिग्राम पूजा अर्जना कार्यक्रम समेत राखिएको उक्त महायज्ञको कथावाचन राष्ट्रिय विभूषित नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीज्यूबाट हुने छ । माघे संक्रान्तिको अवसर पारी आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोक कल्याणका निम्ति पञ्चधातुद्वारा ९ फिट अग्लो गणेश मूर्ति निर्माण एवं विभिन्न संरचना निर्माणको पवित्र उद्देश्य राखी उक्त महायको आयोजना गरिएको संस्थाका अध्यक्ष रामजंग बस्नेतले बताउनुभयो । महायज्ञमा उपस्थित भई कथा श्रवण गर्न र उक्त पुनित कार्यका लागि गच्छेअनुसारको दान दिन आयोजकहरुले आह्वान गरेका छन् ।

सम्बन्धित समाचार