free website hit counter

पानीपोखरीमा आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवन बन्ने

beemaadmin
२०७८ मंसिर २५, शनिबार

काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको भवन काठमाण्डौको पानीपोखरीमा बन्ने भएको छ। पानीपोखरीमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरिएको छ।

सिलवालले भवनको जगमा शिला राखेर शिलान्यास गरेका थिए। शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक सेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण सञ्चालक, संस्थापक सेयरधनी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको बाबजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिनु भएकोमा बीमा समितिका अध्यक्षलाई सञ्चालक समिति तथा आईजीआई परिवारका तर्फबाट धन्यवाद व्यक्त गरे।

श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनका लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराए। यस सुखद् समराहोमा उपस्थित भई हौसला प्रदान गरेकोमा बीमा समितिका अध्यक्ष सिलवाल, कार्यकारी निर्देशक पौडेललगायत उपस्थित सम्पूर्णलाई उनले धन्यवाद व्यक्त गरे।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार