free website hit counter

पुनर्बीमा निर्देशन सच्याउन कार्यकारी निर्देशक पौडेलको अध्यक्षतामा समिति गठन

beemaadmin
२०७८ मंसिर २८, मंगलवार

काठमाडौं । नियामक निकाय बीमा समितिले आफ्नो निर्णयमाथि चौतर्फी आलोचना खेपेपछि सो निर्णय सच्याउन समिति बनाउने निर्णय गरेको छ । आफैले जारी गरेको पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा बीमा क्षेत्रबाट मात्रै होइन अन्य आर्थिक क्षेत्रबाट समेत आलोचनाको वर्षा हुन थालेपछि अध्ययन गर्ने भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा ७ सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

सो समितिमा निर्देशक शुशिलदेव सुवेदी, निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट दुई जना प्रतिनिधि, जीवन बीमा कम्पनीको तर्फबाट एक जना प्रतिनिधि, नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरुको तर्फबाट एक/एक जना प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ ।

बीमा समितिले मंसिर ९ गते सम्पुर्ण बीमा कम्पनीहरुलाई निर्देशनात्मक आदेश दिँदै सम्पुर्ण पुनर्बीमा व्यवसाय नेपाली बीमा कम्पनीमै गर्न भनेको थियो । सो निर्णयको विरुद्धमा सम्पूर्ण बीमा कम्पनीहरुको एकता देखिएको थियो भने गत साता मात्रै ज्ञापनपत्र मार्फत निर्देशन फिर्ता लिन अनुरोध गरिएको थियो । विरोधका आवाज धान्न नसक्ने अवस्था आएपछि बीमा समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई पोलिसीमा के कस्तो परिवर्तन गर्नु पर्ने हो छलफल आमन्त्रण गरेका थिए ।

पुनर्बीमाको जोखिम विकेन्द्रीकरण गर्नुपर्ने विश्वव्यापी मान्यतालाई चुनौतीलाई दिँदै बीमा समितिले सबै जोखिम केन्द्रीत गर्न खोजेपछि बीमा बजार संकटमा पर्ने र भोलिका दिनमा ठूलो विपत्तिको सामना गर्नुपर्दाको क्षण बीमा व्यवसाय नै कोल्याप्स हुनसक्ने भन्दै यो निर्णय फिर्ता लिन दबाव दिएका थिए ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार