free website hit counter

पुल्चोक झडप समातिएका आधा दर्जनलाई कोरोना

beemaadmin
२०७७ भाद्र २२, सोमबार

काठमाडौं। कोरोना कहरबीच जबर्जस्ती रथ तान्न पुगेका युवालाई रोक्ने क्रममा सुरक्षाकर्मीमाथि जाइलागेबापत पक्राउ परेको मध्ये ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेको मध्ये ६ जनामा संक्रमण भएको ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरको पुल्चोकमा स्थानीय युवाले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा नौ जना पक्राउ परेका थिए। ती मध्ये ६ जनालाई संक्रमण भएपछि प्रहरीले हाजिर जमानीमा छाडेको छ। उनीहरुलाई आइसोलेशनमा पठाएको पनि प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार