free website hit counter

पेलेले यो के भने…. ?

beemaadmin
२०७७ फाल्गुन ११, मंगलवार

एजेन्सी । केही महिना अघि ज्यान गुमाएका महान फुटबलर म्यारानोडाको युवतीहरुसँगको सम्बन्धबारे अनेक चर्चा चलिरहेको बेला ब्राजिलका अर्का महान फुटबलर पेलेले आफ्नो थुप्रै महिलाहरुसँग सम्बन्ध रहेको र ती महिलाहरुको संख्या बिर्सिइसकेको बताएका छन् । नेटफ्लिक्समा रिलिज हुन गइरहेको पेलेको डकुमेन्ट्रीमा उनले आफ्नो जीवनका कैयौ पक्षहरुबारे कुरा गर्दैछन् । ८० वर्षका यी फुटबलरले आफ्ना सम्बन्ध निकै क्याजुअल भएकोले अहिले आफ्ना कति छोराछोरी छन् भन्ने पनि थाहा नभएको बताएका छन् । पेलेले आफ्ना पत्नी र गर्लफ्रेण्डहरुलाई पनि आफू सम्बन्धमा इमान्दार नभएको बताएका थिए ।
द सनको रिपोर्टअनुसार पेलेले आफ्ना गर्लफ्रेण्ड र पत्नीहरुलाई यी सबै कुरा थाहा हुने बताएका छन् । मोडल मारिया डा ग्रेसाले १७ वर्षको उमेरमा पेलेसँग डेट गर्न सुरु गरेकी थिइन् । अहिले ५६ वर्षकी यी मोडलले पेलेसँगको यो सम्बन्धलाई खुला सम्बन्ध भनेकी थिइन् । पेलेले जीवनमा तीन पटक बिहे गरेका थिए । यी तीन पत्नीबाट उनका ७ सन्तान छन् । यी ७ सन्तानमध्ये सान्द्रा मेकाडो पनि छिन् । सन् १९९६ मा अदालतले सान्द्र पेलेकै छोरी भएको फैसला सुनाएको थियो । तर, पेलेले भने सान्द्रालाई छोरी मान्न अस्वीकार गर्दै आएका छन् । रिपोर्टका अनुसार सान्द्रा पेले र उनको घरमा घरेलु काम गर्ने महिलाकी छोरी हुन् । १९६६ मा पेलेले २५ वर्षको उमेरमा रस मेरीसँग बिहे गरेका थिए । पेलेका छोरा एडिन्हो ठूलो हुँदा ड्रग्सको गम्भीर समस्याबाट जुधिरहेका थिए । २०१७ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । पेलेको पहिलो विवाह १८८२ मा टुंगिएको थियो । १२ वर्षपछि पेलेले गायिका एसिरियासँग बिहे गरे । २००८ मा यी दुईको पनि सम्बन्धविच्छेद भयो । पेले अहिले साओ पाउलोमा ४८ वर्षकी श्रीमती मार्सियासँग बस्छन् । उनले २०१६ मा मार्सियासँग बिहे गरेका हुन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार