free website hit counter

प्रतिकित्ता १०० मै पाइन्छ सन नेपालको लिलामी शेयर

beemaadmin
२०८२ असार १५, आईतवार

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २३ गतेदखि अवितरित शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ ।
कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म प्रतिकित्ता १०० रुपियाँका दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा बिक्री खुला गरेको थियो । उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै आवेदन दिन पाएका थिए ।
उक्त हकप्रद शेयर असार १२ गते बाँडफाँट बाँडफाँट गरिसकेको छ । यसरी बाँडफाँटमा नरपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो । जसमा संस्थापक समूहतर्फ ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख २२ हजार ५०६ कित्ता रहेको छ । शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले प्रतिकित्ता के कति दररेटमा शेयर लिने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ । संस्थापकतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । त्यस्तै, अधिकतम १० अंकले भाग जाने संख्यामा आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ । आवेदन असार ३० गतेसम्म दिन सकिनेछ । बोपलपत्र फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालय ठमेल, काठमाडौं तथा सन नेपला लाइफको पुतलीसडक काठमाडौं शाखा तथा विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीका शाखामा पाइनेछ भने सोही स्थानमा फाराम बुझाउन सकिनेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार