free website hit counter

प्रतितोला ९००ले बढ्दा कति पुग्यो सुन ?

beemaadmin
२०७९ पुष १९, मंगलवार

काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार