काठमाडौं । कोरानाले सबैतिर गाँज्दै लगेको छ । आम नागरिकदेखि भीआईपीसम्म कोरोना संक्रमित हुन थालेका छन् । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको छ ।
विराटनगर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो ।
मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०–१२ दिनअघि दुई दिन सामान्य ज्वरो आएको थियो । आइतबार आचार्यसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण देखिए पनि अहिले आफू र परिवारका सदस्यहरुको अवस्था सामान्य रहेको आचार्यले बताएका छन् । प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारीहरु सतर्क बनेका छन् ।