free website hit counter

प्रधानमन्त्रीकै पहलमा टिचिङ अस्पतालमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण

beemaadmin
२०७७ चैत्र १, आईतवार

काठमाडौं । प्रधानमन्त्रीको मृर्गौला प्रत्यारोपणपछि थप चर्चामा आएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपणसर्जन प्राध्यापक डा रमेश सिंह भण्डारी नेतृत्वको टोलीले यो प्रत्यारोपण गरेको हो। चिङमा पहिलो पटक बालबालिकामा कलेजो प्रत्यारोपण भएको हो। डा भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो। प्रत्यारोपण राति १२ बजेसकिएको हो। ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको डा भण्डारीले बताए। बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा भण्डारीले बताए। प्रत्यारोपणमा यसपालि पनि फोर्टिस इण्डिया बाट महत्वपूर्ण सहयोग पाएको उनले उल्लेख गरे। पहिलो प्रत्यारोपण सफल भएपछि डा भण्डारी। पहिलो पटक छोरीले बाबुलाई दिएको कलेजो प्रत्यारोपण गरिएको थियो। टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण शुरू भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार