काठमाडौं । सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो। हालसम्म निजी क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारीसहित उपलब्ध गराइएको सहयोगमध्ये यो सबैभन्दा ठूलो रकम भएको बताइएको छ।
अर्थमन्त्री वाग्लेलाई सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्यालले सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको हो।