free website hit counter

प्रभु क्यापिटलको यस्तो छ विन्टर अफर

beemaadmin
२०७८ माघ १८, मंगलवार

काठमाण्डौ। प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ। हाल देशभरि व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित रहँदै यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि यही माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि ‘फ्री डिम्याट र मेरो सेयर’ सुविधासहितको विन्टर अफर योजना ल्याएको हो। यस योजनाअन्तर्गत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ।
करिब ६ महिनापछि प्राथमिक सेयरहरु धमाधम निष्काशनको तयारीमा रहेको र आईपीओमा तथा दोस्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीको अझै पनि डिम्याट खाता नभएको हुँदा नेपालभित्र वा नेपालबाहिर जहाँकहीँ रहेका सबै ग्राहकहरुले आफू, आफ्नो परिवार एवं आफन्त तथा साथीभाईहरु सबैले सहजै यस योजनामा अनलाइनबाटै फ्री डिम्याट खाता खोली समय तथा रकमको बचत गरी लाभ लिन सक्नुहुनेछ भन्ने उद्देश्यका साथ यो योजना सञ्चालन गरिएको हो।

Advertisement
Advertisement

प्रभु क्यापिटलको विन्टर अफर विशेषताहरु

Advertisement
TEST
  • यस योजनामा देश वा विदेशमा रहेका नेपालीहरुले मोबाइल एपबाटै भिडियो केवाईसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नेछन्। यसका साथै वेवसाइटबाट समेत भिडियो केवाईसीसहितको डिम्याट सेवा प्राप्त गर्न सक्नेछन्।
  • यो योजनामा २ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गरिनेछ।
  • डिम्याट खाता तथा लगानी व्यवस्थापनसम्बन्धी विभिन्न सेवाहरु प्रभु क्यापिटलको वेवसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ।

यो योजना २०७८ माघ १८ गतेदेखि चैत १७ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित समाचार