free website hit counter

प्रभु क्यापिटलले गर्यो यस्तो अफर

beemaadmin
२०७७ फाल्गुन १६, आईतवार

काठमाण्डौ। पुँजीबजारको परिचित नाम प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्ने क्रममा ग्राहकलाई डिम्याट सेवाअन्तर्गत अहिलेसम्मकै फरक अनुभूति हुने, सहज तथा सुलभ ढंगबाट निरन्तर सेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना ‘९९९ ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ योजना आजबाट सञ्चादनमा ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले ९९९ रुपैयाँमा ट्रिपल बेनिफिट प्राप्त गर्ने प्रभु क्यापिटलले जनाएको छ। जसअन्तर्गत ग्राहकले डिभ्याट लिँदा मेरो सेयर लगइन निःशुल्क, खाता खोलेपछि ९ वर्षसम्म नवीकरण गर्नु नपर्ने (८ वर्षको नवीकरण आफैँ हुने) र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट पाउने क्यापिटलले जनाएको छ।

Advertisement
Advertisement

नयाँ डिम्याट खाता खोल्ने ग्राहक तथा नवीकरण गर्ने ग्राहक यस ट्रिपल नाइन ट्रिपल बेनिफिट डिम्याट योजनामा संलग्न भई लाभ लिन सक्नेछन्। प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा ८ टु ८ अन्तर्गत सञ्चालित समयका साथै प्रभु बैंकको नेपाल अधिराज्यभर रहेको शाखाबाट यो योजनाअन्तर्गत डिम्याट खाता खोल्न सक्नेछन्। यसका साथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार