free website hit counter

प्रभु क्यापिटलले ल्यायो ‘प्रभु बिग सट’

beemaadmin
२०८० आश्विन २१, आईतवार

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले पन्ध्रौँ साधारण सभाको अवसर पारेर ‘प्रभु बिग सट’ नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउँदै उक्त लगानी व्यवस्थापन सेवा भन उच्च नेटवर्थ भएका व्यक्ति तथा संस्थाहरूलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ । उच्च पदस्थ व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्ये–नजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको हो ।

Advertisement
Advertisement

यो योजनाको विशेषता निम्नअनुसार रहेको छ
– न्यूनतम लगानीः ५० लाख
– न्यूनतम लगानी अवधिः ३ वर्ष
– ह्र्डल रेटः ८ प्रतिशत
– वार्षिक व्यवस्थापन शुल्क (एएमसी) : १ प्रतिशत
– मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत

Advertisement
TEST

लगानीकर्ताले रु ५० लाखबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ५० लाख लगानीकर्ताले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । प्रभु बिग सटलगानी व्यवस्थापन सेवामा आबद्ध भई ग्राहकहरूले विशेष प्रिमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको छ । विशेष प्रिमियम प्याकेज अन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरूलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरूमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धी परामर्श तथा उत्कृष्ट कम्पनीहरूको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिनेछ ।साथै यो सेवा बजारको समय सापेक्ष ल्याइएको तथा नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठको अवधि भित्र यस योजनासँग जोडिने लगानीकर्ताहरूलाई योजनामा लाग्ने शुल्कमा थप छुटको व्यवस्था समेत गरिएको छ । क्यापिटलले ग्राहकको सेवालाई प्राथमिकतामा राखी अभिनव प्रकारका योजनाहरू सञ्चालन गरी रहेको छ । क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रूपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।

सम्बन्धित समाचार