free website hit counter

प्रभु बैंकले बढायो लाभांस

beemaadmin
२०७६ आश्विन २४, शुक्रबार

काठमाडौं। प्रभु बैंकले अघिल्लो वर्षको भन्दा दोब्बरले लाभांस दिने भएको छ । बैंकको संचालक समितिको बैठकले हालको चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो। हालको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँ छ। एक अर्ब ४२ करोड रुपैयाँ बोनस शेयर वितरणपछि चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ। बैंकको आगामी हुने १८ औ वार्षिक साधारणसभाले उक्त लाभांस पारित गर्ने छ।
गत आर्थिक वर्षमा बैंकले दुई अर्ब ५ करोड रुपैयाँ नाफा गरेको थियो। जस मध्ये लाभांस बाँड्न योग्य नाफा भने एक अर्ब ७३ करोड रुपैयाँ थियो। बैंकले खराब कर्जा सल्टाएर विगतको वर्षमा भन्दा राम्रो नाफा गरेको हो।

सम्बन्धित समाचार