free website hit counter

प्रभु महालक्ष्मीको व्यतीत बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट

beemaadmin
२०८२ असार ४, बुधबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतीत बीमालेख नवीकरण गर्दा अधिकतम ७५ प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले व्यतीत बीमालेख असार ४ देखि १५ गतेसम्म नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने जनाएको छ । यस्तो छुट समुन्नति जीवन बीमा योजना तथा डबल धमाका बीमा योजनामा भने पाइनेछैन । कम्पनीले २ वर्षभन्दा कम अवधिका व्यतीत बीमालेखमा ७५ प्रतिशत, २ देखि ३ वर्षसम्मका बीमालेखमा ५० प्रतिशत र ३ वर्षभन्दा बढी अवधिदेखिका व्यतीत बीमालेखमा २५ प्रतिशत छुट दिनेछ । साथै, यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरू पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । यसअघि विलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिनेछैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरूलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिनेछैन । बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डरराइटिङ्ग प्रक्रिया पूरा गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार