free website hit counter

प्रभु महालक्ष्मी लाइफले ल्याउँदैछ १५ बीमा योजना

beemaadmin
२०८० असार १०, आईतवार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार तयारीमा रहेका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच एकीकृत कारोबारको अन्त्मि तयारी गरिरहेको छ । असार भित्र मर्जर सम्बन्धी सम्पुर्ण काम सकाएर “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट एकीकृत कारोबार थाल्ने तयारी गरेका हुन् । मर्जर पश्चात बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बजारमा विक्रीको लागि ल्याउने बीमा योजनाहरु छनोट गरेको छ । दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि साउन १ गतेबाट विक्री वितरणको लागि १५ बीमा योजनाहरु (प्रोडक्ट) छनौट गरेको छ ।
नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरु स्वीकृति समेत प्राप्त भइसकेको कम्पनीले जनाएको छ । नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जिबन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेका छन् ।

 

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार