free website hit counter

प्रभु लाइफ इन्स्योरेन्सले दियो मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ आश्विन २१, बिहीबार

काठमाडौं । कोरोना संक्रमणका कारण जीवन गुमाएका बीमितका आश्रित परिवारालई प्रभु लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले बीमित केदारबहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबीबापतको रकम भुक्तानी दिएको हो।
शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गरेका हुन् ।

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए ।
निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो । कूल बीमाङ्क रकम १५ लाख र आर्जित बोनस सहित जम्मा १६ लाख १२ हजार ५ सय रुपैयाँको चेक कम्पनीले बीमितको परिवारलाईहस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार