free website hit counter

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टचन

beemaadmin
२०८० जेष्ठ ३०, मंगलवार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिति अध्यक्षमा श्री शिक्षा भट्टचनज्यू चयन हुनु भएको छ । २०८० जेठ २६ गते शुक्रबार कम्पनीको पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचनलगायत मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुुुसन शेरचन सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको थियो । पाँचौं वार्षिक साधारण सभा पश्चात २०८० जेठ २८ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतरुपमा सञ्चालक समिति अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरेको हो । शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट ३० गते मंगलबार सञ्चालक समिति अध्यक्षको सपथ ग्रहण लिनु भएको हो । नेपाल बीमा प्राधिकरणको कार्यालयमा भएको सपथ ग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजु रमण पौडेल, प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रासद लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार